Product Description
एउटा शरणार्थी श्राप
(यो एउटा लामो कथाको सिलसिला हो अन्त्य निक्कै
छोटो भएको छ )
अमेरिकाको बोस्टन राज्यमा
पैँतीस तला माथि छु
अचम्म त यो छ
कहाँकहाँबाट बतास दौडँदै आउँछ
पहिलो भेटमै चिनिदिन्छ
यो एक- माटोले लखेटिरहेको शरणार्थी हो
कहाँकहाँबाट आइपुग्छ भुइँकुहिरो
छुने बित्तिकै चिनिदिन्छ
यो एक- घामले लखेटिरहेको शरणार्थी हो ।
ढुकढुकिन्छ देश मुटुको भित्री कुनामा
ट रमेश सायन भागेर भूगोलभरि ठ
भेटिँदैन आँखामा कतै सिमाना
पट्यारलाग्दा लामा हिउँदका रातहरुमा हृदयको तगारो
नाघेर हजारपल्ट पुग्छु भुटान
टिप्छु बारीका डिलका फूल
सिउरिन्छु शिरमा
र गाउँछु
‘डुर्क टासेन्डेन केइपी ग्यालखाप ना’
बोल्छु जोङ्खा
उज्यालो नहुँदै लखेटिन्छु
घामले नभेट्दै तरिसक्छु मेची
यसरी म नेपाल राज्यमा आइपुग्छु
यहाँको थुप्रै रङहरुमध्ये रातो रङ मेरो रगतको हो
थुप्रै बास्नामध्ये अलिक अमिलो बास्ना मेरो पसिनाको हो
बाटोमा अलपत्र उभिएको
रहर
सपना
जाँगर
मेरो हो
थुप्रै खेतबारीमा रोपिएर भोकै बसेको मै हुँ
थुप्रै रुखमा हरियो उभिएर उजाड देखिने मै हुँ
थुपै्र खोलामा पानी बगेर तिर्खा बाँचेको मै हुँ
कतिकति बाटो लखेटिँदैलखेटिँदै
यसरी आइपुगेको छु– फेरि एउटा बादशाहको राज्यमा
यो मेसिनहरुको राज्य हो
यहाँ मुटुमा यन्त्र ढुकढुकिन्छ
अग्ला घरहरुबाट निक्कै होचो देखिन्छ प्रेम
लामा सडकबाट निक्कै छोटो बाटो हिँड्छ मन
ठूला मेसिनहरुबाट पेलिन्छ दैनिक समय
र यान्त्रिक भइदिन्छ
मुटुमा प्लास्टिकको हृदय जोडिने
यो बादशाहको देशमा अब बाँचिरहन सक्दिनँ
तिम्रो अदालतको कठघरामा उभिएर
आफैँ घोषणा गरिदिन्छु आफ्नै मृत्युको
मेरो आत्मा पुगोस् ह्वाइटहाउस
सिंहदरबार
पुगोस् टासीछोइ डोजोङ
तिमीहरुलाई कहिल्यै शान्ति नमिलोस्
(एक भुटानी शरणार्थी साथीले अमेरिकामा आत्महत्या
गरेपछि उनको सम्झनामा लेखिएको)