Deprecated: __autoload() is deprecated, use spl_autoload_register() instead in /home/nepalibooks/public_html/wp-includes/compat.php on line 502

Notice: Trying to access array offset on value of type bool in /home/nepalibooks/public_html/wp-includes/theme.php on line 2241

Deprecated: Function create_function() is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/infinite-scroll-woocommerce/infinite_scroll_woocommerce.php on line 262

Deprecated: Function create_function() is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/revslider/inc_php/framework/functions_wordpress.class.php on line 240

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 539

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 539

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 540

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 540

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 541

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/woocommerce/includes/wc-formatting-functions.php on line 541

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/autoptimize/classes/autoptimizeUtils.php on line 270

Notice: Trying to access array offset on value of type null in /home/nepalibooks/public_html/wp-content/plugins/autoptimize/classes/autoptimizeExtra.php on line 163

Deprecated: Function create_function() is deprecated in /home/nepalibooks/public_html/wp-includes/pomo/translations.php on line 208

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 443

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 443

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 444

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 444

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 445

Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/nepalibooks/public_html/wp-content/plugins/member/plugin-fw/lib/yit-plugin-gradients.php on line 445

Deprecated: Function get_magic_quotes_gpc() is deprecated in /home/nepalibooks/public_html/wp-includes/load.php on line 649
Gaun Harayehako Shanjha – Nepali Books

Gaun Harayehako Shanjha

Gaun Harayeko

Gaun Harayehako Shanjha

 170.00

Product Description

नयाँ भङ्गिमाको खोजीमा अग्रसर

श्यामल

एकाएक तिमीले मलाई

घृणा गर्न थालेपछि

मैले मेरो प्रेमको शक्ति थाहा पाएँ ।

(समाधि नजिक उभिएर)

कुनै पनि कविले आफ्नो काव्य रचना कौशलको माध्यमबाट पाठकसँग उसको समय र समाजलाई सम्बोधन गर्दै अर्थपूर्ण संवाद गरेको छ कि छैन भन्ने कुरा अत्यन्त महत्वपूर्ण हुन जान्छ । अमेरिकी स्वप्नद्रष्टा कवि वाल्ट व्हिटमन होऊन् वा नेपाली स्वप्नद्रष्टा कवि गोपालप्रसाद रिमाल, सबैले आफ्नो समयसँग संवाद गरेको हुनुपर्छ । कविताको सार्थकताको खोजी तसर्थ समयको सापेक्षमा हुने गर्छ । तथापि वर्तमान समयले आगतलाई आफ्नो समयको पदचिन्ह छोडेकै हुन्छ । इतिहासहन्ता वा इतिहासद्रोही कसैलाई यसमा विमति भए पनि, समाजको जस्तै कविताको पनि एक सुदीर्घ परम्परा छ । सामान्य बुझाइ छः कविता साधारण अभिव्यक्तिको भाषा होइन ।

विक्रमको पचासको दशकयता नेपाली कवितामा केही नयाँ स्वर र भङ्गिमा देखिएका छन् । ती अभिरुचिसाथ पढिएका छन् यद्यपि तिनको अझै पनि लेखाजोखा गरिएको छैन । निश्चय नै यी दुई दशक नेपालको इतिहासका भयानक दुस्वप्नका, उद्दाम आशङ्का, कठोर निराशा र जीवन बाँच्ने क्रममा नेपालीले गर्नुपरेका भीषण सङ्घर्ष र थकानका अनि प्रकाशदर्शी परिवर्तनका समय थिए । हरेक दिन दशकभन्दा लामो लाग्ने दिन थिए ती, साथसाथै हरेक वर्ष निमेषभरको अनुभूत हुने समय पनि थियो त्यो । अर्थात् प्रतिगमन र अग्रगमनका बीच, लोकतन्त्र र अधिनायकवादका बीच, पुरातन र नवीनताका बीच, विद्यमान संरचना र नयाँ संरचनाको परिकल्पनाका बीच द्वन्द्वको विकराल समय थियो त्यो । समयप्रति जागरुक कविहरु पनि स्वभावतः यस क्रूरतम समयको प्रभावमा रचनारत रहे । यो स्वाभाविकताका बीच अस्वाभाविक र अस्वाभाविकताका बीच स्वाभाविकजस्तो लाग्ने, डर र त्रासको, अनि साहस र विस्मयको समयमा कविता प्रभावित नहुने कुरै भएन ।

कवि हरिहर तिमिल्सिना समकालीन पुस्ताका त्यस्ता हस्ताक्षर हुन् जसले सशस्त्र छापामार युद्धको विभीषिका र दमनको भयावहतालाई नजिकैबाट निरीक्षण गरेका छन्, त्यसको सन्त्रास भोगेका छन् र जीवनको अनिश्चयतालाई कविताको विषयवस्तु बनाएका छन् । उनी युद्धको यो वा त्यो पक्ष होइनन् परन्तु परिवर्तनप्रतिको उनको स्वाभाविक आग्रह छ, वैचारिक दृष्टिकोणबाट त्यो जरुरी पनि छ ।

हरेक सचेत कविझैं तिमिल्सिना पनि आफ्नो जीवनका विरोधाभासप्रति सचेत छन् । आमा र अनधिकृत सम्झना मा मातृवात्सल्य र आफ्नो जीवनमार्गका बीच रहेको विरोधाभासलाई उनले विषय बनाएका छन् । उनका कविताले प्रेम, मैत्री र असन्तुष्टि जस्ता भावबोध गराउँछन् तर आफ्नो समयको विसङ्गतिपूर्ण व्यवस्थामाथि पनि प्रहार गरिरहेका हुन्छन् । हुन पनि कविताले वैयक्तिकबाट निर्वैयक्तिक बन्दै जाँदा समाजप्रतिको चिन्तालाई पनि सँगसँगै अघि बढाइरहेको हुन्छ ।

पूर्वीय वाङमयमा कविता युद्धको गाथा बनेको थियो । रामायण र महाभारत जस्ता काव्यग्रन्थका विषयवस्तु मूलतः युद्धसँग सम्बन्धित छन् । पश्चिमी साहित्यमा पनि, चाहे त्यो शेक्सपियरको जुलियस सिजर होओस् वा होमरको इलियाड, युद्धकालीन समाजका भयावहता, वीरता, पाशविकता, क्रूरता र तिनका बीच झुल्किँदो मानवताका गाथा गायनमा केन्द्रित छन् । अङ्गे्रजी कविताको भिक्टोरिया कालखण्ड युद्ध र विजयका बीचबाट गुज्रेको देखिन्छ । हाम्रै नेपाली साहित्यको वीरकालीन कविताको मूल स्वर पनि युद्ध नै रहेको हो । पछिल्लो समय सशस्त्र युद्धको विषयवस्तुले पनि नेपाली कविताको एउटा भङ्गालोलाई प्रभावित गरेको छ । नेपाली कविता त्यसका पक्षमा विपक्षमा, त्यसबाट उत्पन्न सकारात्मक नकारात्मक प्रभावहरुमा कतै न कतै छोइएको छ ।

नयाँ आगो शीर्षक कवितामा पौराणिक मिथकलाई आफ्नो जीवनसँग जोडेर नयाँ अर्थ दिने प्रयत्न गरिएको छ । राज्यको कुरुप अनुहार र व्यवहारप्रति कविको चरम असन्तुष्टि छ किनभने राज्यले उसलाई मानिसकै रुपमा रहिरहन दिएको छैन, र फेरि पशु बनाएर जङ्गल पठाइदिएको छ, यसरीः

मान्छेबाट विभिण्डिएको

बाँदर बनाएर छाड्यो आखिर

यस युगले मलाई

………..

ढाल्नुपर्ने धेरै कुराहरु छन्

बाल्नुपर्ने धेरै कुराहरु छन्

सोचिरहेछु–

कहाँबाट झोस्न शुरु गरुँ

यो आगो ?

अनि त्यही असन्तुष्टिबोध घृणाको ताजमहलमा यसप्रकार व्यक्त हुन्छः

व्हास्स

गन्धे बनमारा झारको बतास

कुदिरहेको छ फूलको वस्तीतिर

हातले गुप्ताङ्ग छोपेर

नृत्य गरिरहेछन् महापण्डितहरु

मालाझैं घाँटीमा बेरेर टाइम बम

अङ्कमाल गर्न आइरहेका छन् मित्रहरु

…………..

उत्खनन गर

मेरा प्रेमका फोसिलहरुलाई

प्रेम मानवीय स्वभाव हो, तर घृणाले बेरिएपछि त्यसले पाशविक रुप लिन्छ । त्यतिबेला प्रेम फोसिल बन्न जान्छ । यो सनातन प्रेम ताजा कविको युगमा त्यस्तै फोसिल बन्न गएको छ । समाज प्रेमले निर्मित हुन्छ तर कविको समाजमा प्रेम त्यसरी घृणाको ताजमहलमा फेरिएको छ । यस्तो प्रेम जैविक अवशेषका रुपमा रहेको र इतिहासमा अध्ययनको विषय मात्र बनाउन सकिन्छ, भोग गर्न सम्भव छैन । हुन पनि दस वर्षे सशस्त्र युद्धको समयमा मानिसहरुबाट प्रेम भन्ने तत्व गायब भयो र प्रेम र मैत्री, लज्जा र सुगन्धको क्षयीकरणको प्रक्रिया तीब्र भयो । आफ्नै मित्र पनि मित्र रहन सकेन । तोकिएको समयमा विस्फोट हुने टाइम बमको माला भिरेर अङ्कमाल गर्न आएपछि, अङ्कमालको अर्थ समाप्त भयो । यस्तै सन्त्रासका कविता हुन्, हरिहर तिमिल्सिनाका कविता ।

समकालीन अन्य कविहरुमाझैं यी कविमा पनि भरपूर आक्रोश छ, बिगँरदै भत्कँदै गएका असल मानवीय मूल्यप्रतिको चिन्ता छ, नयाँ मूल्य स्थापनाको हतारो छ भन्ने कुरा गाउँ हराएको साँझमा समावेश गरिएका कविताहरुले देखाउँछन् ।

सदियौं पुरानो सामन्तवादको अवशेष राजाहरुप्रतिको क्रोध होस् वा त्यत्तिकै पुरानो हिन्दु समाजको कलंकका रुपमा अझैं अस्तित्वमा रहेको सतीप्रथाका नयाँ नयाँ संस्करणहरुप्रतिको घृणा, कवि तिमिल्सिनाका कवितामा सभ्य सामाजिक मूल्यहरुप्रतिको सरोकार स्पष्ट देख्न पाइन्छ । काव्यगत हिसाबले उनको पहिचान भनेको फरक भाषाको खोज गर्ने प्रयत्न गर्र्नु हो । दृष्टान्तका लागि, सर्पको आत्मकथालाई लिन सकिन्छ । सर्पसँग प्राकृतिक रूपमै रहेको विषदन्त र दंश गर्ने क्षमताका कारण यस प्राणीलाई भयको अर्को औतारका रुपमा लिने गरिएको छ तर यस कवितामा सर्पभन्दा मानिसलाई नै खतरनाक प्राणीका रूपमा रहेको सङ्केत गरिएको छ । सहिदका उदात्त सोच र बलिदानको अवमूल्यन भइरहेको यस समयमा कविको दृष्टिमा सर्पले अन्य प्राणीलाई डस्छ, भ्यागुतो उदरस्थ तुल्याउँछ तर मानिसले, सम्भवतः शक्ति र सत्ताकेन्द्रमा रहेका नेपाली मानिसले, प्रकाशको प्रतीक बिहानीलाई नै खाइदिन्छ, यसरीः

मानौ तिम्रै मुखभित्रको भ्यागुता हो

मान्छेको उत्सर्ग

जसलाई तिमी जतिसुकै बेला निल्न सक्छौ ।

वैचारिक दृष्टिले तिमिल्सिना श्रमजीवी जनताको पक्षमा आफुलाई प्रस्तुत गर्न चाहन्छन् । फूलमा आगो मा उनी भन्छन्ः

भरियाको निधारको पसिना

र किसानको हातको ठेला

फूलजस्तै लाग्छन् मलाई

कवि हरिहर तिमिल्सिना आफ्ना रचनामा निकै गम्भीर छन्, उनमा कविताको प्रविधि सिक्न चाहने प्रबल रुचि छ र आफ्ना रचनालाई माझ्नमा उनी प्रयत्नशील रहन्छन् भन्ने कुरा मलाई तब बोध भयो, जब करीब तीन वर्षअघि उनी मेरो सम्पर्कमा आएका थिए । उनका कविताहरुको पाण्डुलिपि पढिसकेपछि मैले उनीसँग गरेको विमर्शबाट कवितामा निखार ल्याउने उनको प्रयत्न अर्थपूर्णसमेत अनुभव भएको छ । यसले उनको कविताप्रतिको पुरानु अवधारणालाई बदलिदिएको छ भन्ने मलाई लाग्छ । यी कविता पढ्दा पुरानै विषयवस्तुलाई पनि कसरी नयाँ अर्थ र सन्दर्भ दिन सकिन्छ भनेर सचेत प्रयास गरिएको अनुभव हुन्छ । प्रमाणका लागि सहरमा नयाँ जनावर लाई लिन सकिन्छ ।

मानिसले आदिकालदेखि नै ईश्वर, प्रेत, राक्षस, बोक्सी लगायतका अद्भूत कल्पनाहरु गर्ने गरिआएको हो । त्यस्ता कल्पनालाई उसले आफ्ना साहित्य र कलामा सुरक्षित राखिआएको छ । हाम्रा पूर्वीय धार्मिक पौराणिक ग्रन्थहरुमा रहेका गणेश, नृसिंहावतार, वराह, सुर्पणखा, कल्कीजस्ता सयौं काल्पनिक पात्रहरु छन् भने, ग्रीक मिथकहरुमा पेण्डोराको बाकस, हर्कुलस, मिदासजस्ता सयौं अद्भूत पात्रहरु छन् । इजिप्टमा फिनिक्स पक्षी, आधा मानिस र आधा जनावरको संयुक्त रुप फिनिक्सजस्ता प्रतीकहरु अझै पनि प्रचलनमा छन् र तिनले आजको विश्वलाई आफ्नो जादुमयताले स्पर्श गरिरहेको पाइन्छ । नेपालमा महाकाली त्यस्तै एक अद्भूत शक्तिसम्पन्न पात्र हो जसलाई देवीका रुपमा अद्यपि पूजा गरिन्छ ।

सहरमा नयाँ जनावर नयाँ राजनीतिक र सामाजिक सन्दर्भमा कल्पना गरेको प्राणी हो जो शकुन र अपशकुनको बीचमा अनिश्चयबोधक छ । तथापि त्यस अद्भूत प्राणीको आगमनप्रति सङ्केत गर्दै कविले पाठकलाई उसलाई हृदयको प्रयोगशालामा लगेर परीक्षण गरेपछि मात्र आश्वस्त हुन आह्वान गरेका छन् । स्पष्ट छ, उसका अङ्गप्रत्यङ्ग पुरानै विचारको रसायनले बनेका छन् भने उसको आगमनले केही पनि नयाँपनको सङ्केत गर्दैन । साङ्केतिक रुपमा यस जनावरलाई नयाँ बनेको सरकार भन्न सकिन्छ । यसरी कविले पाठकलाई आनो सुविधामा भर पर्न छाडिदिएका छन् तर, साँचो पनि सँगै राखिदिएका छन्, विचारको रसायनको साँचो । यसप्रकारका नयाँ भङ्गिमाका अभिव्यक्तिले उनको अलग पहिचान स्थापना गर्ने विश्वास गर्नका लागि समेत पर्याप्त आधारहरु छन् ।

करीब दुई अढाई दशकदेखि गीत र कवितालेखनमा क्रियाशील हरिहर तिमिल्सिना नेपाली कविताको क्षेत्रका बलियो सम्भावना हुन् । तथापि कविता त्यस्तो अध्यवसाय हो, जुन जति राम्रो लेखे पनि कमै हुन्छ । भनिन्छ, एक कविले आनै पूर्वस्तर वा कीर्तिमानलाई जित्न सक्नुपर्दछ । भूपी शेरचनले “घुम्ने मेचमाथि अन्धो मान्छे” बाट जुन लोकप्रियता आर्जन गरेका थिए, त्यसलाई उछिन्न नसक्ने सन्त्रासले लेखाईको गतिलाई करीब करीब रोकिदिएका थिए जसका लागि उनले बाँचुञ्जेल आफ्ना पाठकलाई स्पष्ट पारिरहनु परेको थियो ।

कविताका पारखी र पण्डितहरुको सामान्य बुझाई छः कविता साधारण अभिव्यक्ति होइन । किन्तु साधारणजस्ता लाग्ने शब्दहरुको संयोजनबाट एक समर्थ कविले असाधारण अर्थ दिन्छ । यसलाई केहीले निश्चित संरचनाबद्ध गरे पनि त्यसै रुढ संरचनामा यो बुनिन सक्तैन । यसका संरचनाका बहुविध आयामहरु हुन्छन् र असीम सम्भावना पनि । फेरि, कविता जबर्जस्ती लेखिइने विधा होइन भन्ने कुरा संसारका महान् कविताकृति र कविहरुको जीवनचर्याको अध्ययन गर्दा पुष्टि हुन्छ । स्वाभाविक छ, यसमा आवेगको निरन्तरता चाहिन्छ । विना आवेगका रचनाले उत्कृष्ट कविताको भाषा र सम्प्रेषण क्षमता राख्न सक्तैनन् ।

तर कविताप्रेमीहरुको विशाल दुनियाँमा कविताका नाममा अत्यन्त साधारण लाग्ने वाक्यहरुको प्रवेश वर्जित गर्न भने सकिन्न । हरेक व्यक्तिको निजी स्वतन्त्रता हुन्छः उसले केलाई कविता भनेर रचना गर्ने हो । प्रकाशकका आफ्ना मान्यता र बजार हुन्छन्, जोखिम र अवसर हुन्छन् । पाठकीय र समीक्षकीय स्वतन्त्रताको पनि अर्थ हुन्छ र कविताको विद्यमान रुप, संरचना र अर्थगत रुढीहरु पनि यहींनिर स्थिर हुने प्रयत्न गर्दागर्दै समाप्त हुन्छन् । यस अर्थमा, अन्य पूर्वज वा समकालीन कविका रचनामा झैं तिमिल्सिनाका कतिपय कविता रुढीबद्ध नलाग्ने होइनन् तर तिनले नयाँ अर्थ प्राप्ति र सघन (कम्प्याक्ट) बन्ने दिशामा केही सङ्केत भने गर्छन् । त्यस्ता खुकुला र रुढ संरचना एवम् अति साधारण अभिव्यक्तिहरु कहाँ कहाँ छन् भन्ने कुरा भूमिकामा उल्लेख गर्नु उपयुक्त हुने छैन । ती केही पूर्ववर्ती र समकालीन प्रभावहरुबाट निसृत भएका छन्, अलग बन्ने प्रयासमा उस्तै बन्न पुगेका छन् तर यसबाट कविले नयाँ कविताका सिर्जनामा आफैँसँग सिक्ने अवसर पनि छ भन्ने समेत देखिन्छ । अभिव्यक्ति कौशलमा आफैँबाट अलग हुन सक्नु र उचाईंतिर लाग्नु कष्टसाध्य काम हो, तर गम्भीर कविका लागि यो अत्यावश्यक सर्त पनि हो । कवि हरिहर तिमिल्सिनाका फरक भङ्गिमा र अर्थवत्तायुक्त कविताको आगमनका लागि भने स्वागत गर्नुपर्छ ।

नजिस्काऊ माटोलाई

माटोको संवेदना बिथोलियो भने

धर्तीको मन ज्वालामुखी हुन्छ

अनि

धर्तीको एक छेउमा आगो सल्कियो भने

धर्तीको अर्को छेउ पनि बाँकी रहन्न

धर्तीलाई पोल्यो भने

मेरो मुटुमा दाग लाग्छ ।

(एउटा बेनामी पत्र)

कमरेड ! हतियार उठाएर के पायौ तिमीले

मलाई केही थाहा छैन

मैले भने युद्ध जितेर युद्ध नै पाएको छु

तिम्रो युद्ध कहाँ पुग्यो

त्यो पनि थाहा छैन

म भने जीवनपर्यन्त एक छाक भातका लागि

लडिरहेका छु

ॐ युद्धाय नमः ।

(ॐ युद्धाय नमः)