Product Description
समालोचक र अनुवादकका रूपमा चिनिएका महेश पौड्याल मूलतः आख्यानकार हुन् । उनको पहिलो प्रकाशित कृति नै आख्यानको हो । साहित्यमा उनले दिएका जम्माजम्मी एघार कृतिमा आठ आख्यानका हुन्, जसमा कथासङ्ग्रह, किशोर उपन्यास र बालकथा सङ्ग्रह सामेल छन् । उनका कथा मूलतः मनोवैज्ञानिक यथार्थमा आधारित छन्, र ग्रामीण भेगका पात्रहरूमा केन्द्रित छन् । नेपाल र भारतका विभिन्न ठाउँलाई आधार बनाइएका उनका कथामा कहीँ न कहीँ बूढाबूढी, बालबालिका र एक्ला र विक्षिप्त पात्रहरू न्यायको खोजीमा उपस्थित हुन्छन्, र आम नेपाली जीवनले नदेखेको जिन्दगीको पाटो उजागर गरेर जान्छन् । हाल उनी त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी केन्द्रीय विभागमा अध्यापनरत छन् ।