View Cart “Chiso Gham” has been added to your cart.
trikha

Trikha

 225.00

SKU: j25 Category: Product ID: 2476

Product Description

प्रिय लेखक,
म तपाईंकी प्रशंसक । सम्झनुहोस् यत्ति हो मेरो परिचय । जो तपाईंले कुँदेका शब्दहरूसँग मोहित भएकी छे । तपार्इंका श्रृजनाहरूको प्रभाव मेरो मनको भित्री सतहमा प्रेमभन्दा गहिरोसँग बसेका छन्, कोरिएका छन् । तपाईंले किन लेख्न छाड्नुभयो ? मेरो मनभित्र उर्लिरहेको यही प्रश्न र अस्वीकृति यो पत्रको कारण हो । तपाईं यसरी पाठकसँग लयात्मक सामिप्यता राखिसकेर एकाएक आफैं विमुख कसरी हुन पाउनुहुन्छ ?
साँच्चै भनौं, मेरो उमेर र यो यौवनको चञ्चलताले कुनै ठूला ग्ल्यामर क्षेत्रका कलाकार या रङ्गीन दुनियाँका स्टारहरूप्रति कहिल्यै आकर्षण राखेन । मेरो आकर्षण भन्नु आदर्श भन्नु सधैं लेखक साहित्यकारहरू मात्र भए । मेरो कोठाका भित्तादेखि लिएर मनका कुनाकुनामा भानुभक्तदेखि लक्ष्मीप्रसाद र पारिजातसम्मका तस्वीरहरू टाँसिएका छन् । एउटा तस्वीर तपाईंको पनि यसरी टाँसिएको छ, मानौं, तपाईंको शब्द साहित्य भाव वा शैलीले मेरो मन सुटुक्कै चोरेर लगेको होस्, कुनै प्रेमीले प्रेमिकालाई चोरेजस्तै …………..