Product Description
आस्था बेची देवताको मोल छिन्न मौसममा
झुकिन्छु म आफ्ना अनि पराइ चिन्न मौसममा ।।
बहकिन्छु, झरी बनी अक्सर म साउनभदौ
नपाएर भावनाको भाउ भिन्न मौसममा ।।
अँधेरीमा छाती छामेँ, बोलिहाल्यो थाहै नपाई
फेरि कोही आयो मेरो मुटु किन्न मौसममा ।।
हिजोजस्तै चुपचाप मौन छु म आज पनि
छातीलाई ढुङ्गामाथि राखी पिन्न मौसममा ।।
सङ्गीत-स्वर : लोचन भट्टराई