Product Description
झमकको डायरी पुस्तकप्रेमी पाठकहरूको लागि एउटा उत्कृष्ट उपहार हो । यो झमकसँग पाठकले गर्ने दोहोरो सम्वाद हो । यसमार्फत हामीले उनको दिनचर्या र उनका विचारहरू बुझ्न सक्छौं । यो डायरी उनको नितान्त व्यक्तिगत सोचाइ, कल्पना, सपना र समाजको उनैले खोतलेको गोरेटाहरूको चित्रण हो । उनी कहिले खुशीले गदगद हुन्छिन्, कहिले पीडाले मर्माहत । उनको डायरी पढ्दै जाँदा उनी कहिले शिक्षकजस्तै लाग्छिन् भने कहिले आध्यात्मिक गुरुजस्तै त कहिले विद्रोही अभियन्ता । वास्तवमा उनी सबै हुन् । फरकफरक परिस्थितिमा उनी फरकफरकरूपमा प्रकट हुन्छिन् डायरीका पानाहरूमा । दर्शन, साहित्य, मनमा मडारिने भावनाहरू, जीवन बाँच्दा परेका पीडादायी सन्दर्भहरूले कहिले पाठकलाई विद्रोही बनाउँछ भने कहिले रुवाउँछ । तर कहिल्लै पनि जीवनबाट भाग्न सिकाउँदैन । जीवनमा केही गर्न सिकाउँछ ।
यो झमकको डायरी हो । तर पढ्दै जाँदा लाग्छ, यो आफ्नै डायरी हो । समाज र देशकै डायरी हो ।
डा. लेखनाथ काफ्ले
सिन्चु, ताइवान
अप्रैल ७, २०१४